काठमाण्डौ : सुनको भाउ फेरि बढ्न थालेको छ ।
हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँमा पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।
तपाइँको प्रतिक्रीया