२०८२ असार ३ मङ्गलबार

राशिफल

नेत्रविक्रम चन्द ‘विप्लवले दिने भयो स्वतन्त्र उम्मेदवारी

काठमाडौं :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ ।

दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह समेत गरेका थिए । तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए ।

चुनावी तालमेल गर्ने विषयमा पनि नेकपामा दुई धार देखिएको छ । विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिएका छन् । तर, सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रसँग सकेसम्म चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन् । अन्तर विरोधकै बीच विप्लव नेतृत्वको नेकपा स्थानीय चुनावमा होमिएकाले सोचेजस्तो चुनावी परिणाम ल्याउन कठिन हुने देखिएको छ ।