२०८२ असार ३ मङ्गलबार

राशिफल

श्रोत नखुलेको भारतिय नोटसहित चार जना प्रहरी नियन्त्रणमा

काठमाडौं :   प्रहरीले श्रोत नखुलेको भारतिय नोटसहित चार जनालाइ पक्राउ गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका वडा नं.१५ स्थित भारतबाट नेपालतर्फ आउदै गरेका उनिहरूलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उक्त रकमसहित नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका ति व्यक्तिहरुको साथबाट तीन लाख आठ हजार पाँच सय भारतीय रूपैया बरामद भएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहारका अभिनाष मुखिया, विष्णुदेव मुखिया, सुनसरी वर्जु गाउँपालिकाका सुरज ऋषिदेव र शिव कुमारी ऋषिदेव रहेका छन ।

प्रहरीले उनिहरूलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जनाएको छ ।