काठमाडौं : नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । आज बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताइन ।
उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ ।
प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आएको प्रस्तावहरूमाथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन् ।
नेपालले राष्ट्र संघको निकाय भएको मतदानमा अहिलेसम्म भएका ४ भोट युक्रेनको पक्षमा हालेको उनले बताएकी हुन ।
लम्सालले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालिरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने धारण भएको बताइन । नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको प्रवक्ता लम्सालको भनाइ छ ।
तपाइँको प्रतिक्रीया