२०८२ असार २ सोमबार

राशिफल

आयोगले गरेको निणर्य प्रति अनेरास्ववियुको आपत्ति

काठमाडौं  : निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा
महिलाको सहभागिता अनिवार्य रुपमा यस अघिको चुनावमा थियो ।

तर यस पटकको स्थानीय चुनावमा महिलाले पालिका अध्यक्ष वा उपाध्यक्षमा उठ्न नपाउने निणर्य गरेपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आपत्ति जनाएको छ ।

अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै आफ्नै सूचनालाई उल्ट्याउँदै स्थानीय तहको प्रमुख र उप–प्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनलाई प्राथमिकता दिने भनी जारी गरेको सूचनाप्रति असहमति जनाएकी हुन् ।

संगठनले महिलाहरूको प्रतिनिधित्वको सुनिश्चितताका लागि निर्वाचन आयोगको कदम तत्काल फिर्ता लिन माग गरेको छ । निर्णय नसच्याए प्रतिकार गर्ने चेतावनीसमेत संगठनले दिएको छ ।