२०८२ असार २ सोमबार

राशिफल

९ महिनासम्म किन सार्वजनिक भएन प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण ?

काठमाडौं  : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको बुधबार ९ महिना पूरा भएको छ ।

तर अहिलेसम्म प्रधानममन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण भने सार्वजनिक हुन सकेको छैन । राज्यको मुख्य ओदाहमा रहेर पनि प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पति सार्वजनिक नहुनु भनेको लाजस्पद कुरा हो ।

बाहिरबाट हेर्दा स्पष्ट हरेक कुरा देखिएझै अहिले सम्म यस विषयमा कुर्नै पनि चासो नदेखाउँदा अन्य नेताहरुले त झन मजाको अवसर पाइरहेका छन ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले सोही दिनमा ४ जनालाई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि विभिन्न चरणमा गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । ५ दलको समर्थनमा बनेको गठबन्धन सरकारमा २१ मन्त्री र ३ राज्यमन्त्री छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थका अनुसार केही दिनअघि कानुनमन्त्री भएका गोविन्द कोइराला (बन्दी) बाहेक सबैले सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा पेश गरिसकेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभागले हेर्न मिल्ने गरी मन्त्रीहरुबाट विवरण पेश भइसकेको पन्थले बताए । तर, सम्पत्ति सार्वजनिक गर्ने वा नगर्ने विषय मन्त्रिपरिषद्को अधिकार क्षेत्रभित्र पर्ने बताए ।

जानकारहरुका अनुसार मन्त्रिपरिषदले निर्णय नगरेपनि प्रधानमन्त्री÷मन्त्री हुनुभन्दा अघि र विदा भएपछिको सम्पत्ति सार्वजनिक गर्नु स्वयंको पनि दायित्व हो । २०७४ को संसदयि चुनावपछि बनेको केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो ।