२०८२ जेठ २४ शुक्रबार

राशिफल

दीपेन्द्रसिंह ऐरी टी२० विश्व वरीयताको दशौं स्थानमा

काठमाडौं  :  नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० वरीयताको अलराउन्डर सूचीको दशौं स्थानमा पर्न सफल भएका छन ।

१० दिनअघि काठमाडौंमा सम्पन्न मलेसिया र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्र आइसिसीको वरीयतामा शीर्ष दशभित्र पर्न सफल भएका हुन्।

उनले सिरिजमा २५५ रन जोड्दा ७ विकेट लिन सफल भएका थिए। प्लेयर अफ दि सिरिज भएका उनी प्रतियोगिताको सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए। यस्तै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा भने उनी चौथो स्थानमा रहेका थिए।

दीपेन्द्रले पिएनजीविरूद्धको फाइनलमा अलराउन्डर प्रदर्शन गर्दा नेपाल ५० रनले विजयी हुँदै च्याम्पियन बनेको थियो। प्लेयर अफ दि फाइनल समेत भएका उनले नटआउट ५४ रन जोडे भने ४ विकेट लिन सफल भएका थिए।

सिरिजमा दीपेन्द्रले मलेसियाविरूद्ध शतक प्रहार गरेका थिए। मलेसियाविरूद्ध उनले ११० रन जोडेका थिए। यो नेपाली ब्याट्सम्यानले टी–२० मा प्रहार गरेको उच्च स्कोर हो। साथै उनले सिरिजमा एक हजार टी–२० अन्तर्राष्ट्रिय रन पूरा गरेका थिए। उनी नेपालका लागि एक हजार टी–२० रन पूरा गर्ने पहिलो खेलाडी हुन्।