काठमाण्डौं : नेकपा माओवादी केन्द्र पर्साका असन्तुष्ट कार्यकर्ताले वीरगञ्जको राधेमाईस्थित आफ्नै कार्यालयमा तोडफोड गरेका छन् ।
पार्टीको जिल्ला नेतृत्वको गतिविधिलाई लिएर असन्तुष्ट बनेका अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख सचिव जुवेर आलम, पार्टीको वीरगञ्ज महानगर उपाध्यक्षद्वय अनीरुद्ध यादव र जुमादीन अन्सारी, वडा कमिटी अध्यक्ष हिरा अन्सारी, छोटेलाल कुर्मीलगायतले कार्यालयमा तोडफोड गरेको आरोप छ ।
उनीहरु आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले गठन गरेको जिल्ला समन्वय समितिको गतिविधिप्रति असन्तुष्टी जनाउँदै ध्यानाकर्षण पत्र बुझाउन गएका थिए ।
तपाइँको प्रतिक्रीया