२०८२ असार २ सोमबार

राशिफल

काँग्रेस केन्द्रीय सम्पादन समिति बैठकमा यस्तो निर्णय भयो

काठमाण्डौं :  सत्तारुढ नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ।

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर सो घोषणापत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो ।

पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गरेको उक्त मस्यौदामा केन्द्रीय सम्पादन समितिका सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।