काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेविरूद्ध स्थानीय चुनावमा साझा उम्मेद्वारी दिने निर्णय गरेको सत्तारूढ गठबन्धनले आगामी ४ वैशाखसम्म तालमेलको निर्णय लिन स्थानीय नेतृत्वलाई निर्देशन दिएको छ ।
दलगत स्ट्रेन्थ २०७४ को स्थानीय चुनावको नतिजा र वर्तमान अवस्था० को आधारमा तालमेल गर्ने मापदण्डमा मंगलबार सहमति जुटेपछि साझा उम्मेद्वार तयार पार्न स्थानीय नेतृत्वलाई निर्देशन दिइएको हो ।
जसरी पनि एमाले हराउने योजनामा रहेको गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागबण्डा भने केन्द्रबाटै गर्ने भएको छ । एमालेमा भने गठबन्धनमा जस्तो अन्तर दलीय भागबण्डा गर्नुपर्ने झञ्झट छैन । कतिपय स्थानीय तहले उम्मेद्वार टुंग्याइसकेका छन् ।
तपाइँको प्रतिक्रीया