काठमाण्डौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले पर्सामा कुनै पनि दलसँग सहकार्य नगर्ने निर्णय गरेको छ । जिल्लाका १४ वटै पालिकामा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकाल्दै पार्टीका अगुवा नेता(कार्यकर्ताहरूको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।
बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, निवर्तमान पर्सा सभापति अजयकुमार द्विवेदी, पूर्व पर्सा सभापति राजेन्द्रबहादुर अमात्य, मधेश प्रदेशका खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री लगायत जिल्लाका प्रमुख नेताहरूको बैठक बसेको थियो ।
सोमबार बसेको गठबन्धनको बैठकमा वीरगञ्ज महानगरपालिका बाहेक १३ वटा पालिकामा गठबन्धन गर्न सहमत भएको थियो । पालिकामा दलहरूको वास्तविक स्थिति मूल्यांकन गरेर गठबन्धन गर्ने सहमत भएको कांग्रेस नेता कार्यकर्ताको दबाबले पछि हटेको छ ।
नेता कार्यकर्ताको मनोभावना अनुसार पर्सामा कांग्रेस गठबन्धनमा नजाने निर्णयमा पुगेको कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया