२०८२ असार २ सोमबार

राशिफल

उपत्यकासहित वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक गाडीको भाडा बढ्यो

 

काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक गाडीको भाडा बढेको छ ।

अब काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो । न्यूनतम भाडा १८ रुपैयाँ भए पनि यात्रु २० रुपैयाँ तिर्न बाध्य थिए ।

त्यस्तै १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २ सय मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ ।

प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति २ सय मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो ।