२०८२ असार २ सोमबार

राशिफल

उपत्यकाको मौसममा सुधार

काठमाण्डौ : काठमाण्डौ उपत्यकामा फेरि घाम लागेको छ । केहीबेर मौसम धुम्मिएको भए पनि अहिले मौसम सफा भएको छ ।

उपत्यकामा बिहान सबेरै घाम लागे पनि बिहान सात बजेपछि दक्षिण पश्चिमी क्षेत्रबाट उत्तर पूर्वी क्षेत्रमा बहिरहेको कालो बादलको असरका कारण केहीबेर मौसम धुम्म भएको थियो।

उपत्यकाका केही ठाउँमा हल्का वर्षा समेत भएको थियो । अहिले यो बादलको प्रभाव हटेकाले मौसम सफा भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

यसैबीच, आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।