२०८२ असार २ सोमबार

राशिफल

एमालेका इमान्दार नेता नेतृत्वको बन्दी भएको प्रचण्डको दावी

काठमाडौं  :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै नेता इमान्दार रहेकाले नेतृत्वको बन्दी भएको बताएका छन् ।

आज बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा उनले एमालेभित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व पनि आफूले गर्ने जिकिर गरे ।

प्रचण्डले भने, ‘एमालेभित्र तीन वर्ष हेर्‍यौं नि हामीले को–को कस्ता रहेछन् भन्ने । त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै । तर, त्यहाँ नेतृत्वले यति धेरै भ्रम दिएर राखेको बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई ।’

प्रचण्डले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूहरुले पाएको भए पार्टी नफुट्ने समेत दावी गरे। ‘परार एमालेसँग एकता गर्दा माओवादी नफुटेको हुन्थ्यो भने हामीले ६०र४० लिन्थ्यौं । त्यस्तो हुन्थ्यो भने पार्टी

पू्र्व माओवादीहरुबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै प्रचण्डले त्यो मात्रै पर्याप्त भने नहुने बताए । र्ने हो ।’