काठमाडौं : वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आफ्नो तयारी तीव्र बनाएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा आचारसंहिता उल्लङ्घनका घटना पनि प्रकाशमा आइरहेका छन् भने आयोगले सम्बन्धित व्यक्ति तथा दललाई स्पष्टीकरण पनि सोध्न थालेको छ ।
अर्कोतिर स्थानीय तहको निर्वाचन सर्न सक्ने हल्ला पनि चलिरहेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षड्यन्त्र भइरहेको आरोप सार्वजनिक रूपमै लगाएका छन् ।
स्थानीय तहको निर्वाचनसम्बन्धी तयारी, निर्वाचन सर्ने हल्ला, आचारसंहिता पालना सम्बन्धमा देखिएका चुनौती लगायतका विषयमा केन्द्रित रहेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भने,‘
निर्वाचन आचारसंहिता लागू भइसकेको छ, यसको पालनाको अवस्था कस्तो छ ?
हामीले आचारसंहिता लागू हुनुभन्दा अगाडि सबै राजनीतिक दललाई ६० बुँदे निर्देशन दियौँ । त्यसमा आचारसंहितमा लेखेका कुराका अतिरिक्त निर्वाचनसम्बन्धी कानुन र निर्वाचन कसुर र सजाय ऐनमा लेखिएको कुरासमेत समेटेर ‘तपाईंहरुले यी–यी कुरा गर्नुपर्यो, तलसम्म पनि यो कुरा सम्प्रेषण गरिदिनुपर्यो’ भनेर अनुरोध गरेका थियौँ । २५ गतेबाट आचारसंहिता लागू भएको छ ।
अहिलेसम्म ४ ÷५ वटा केसमा उजुरी परेको अवस्था छ । आचारसंहिता उल्लङ्घन कस्ता कुरामा हुन्छ भन्ने त्यति धेरै जानकारी नभएका कारण पनि उजुरी कम आएको हुन सक्छ ।
जति उजुरी आएका छन्, त्यसलाई प्रारम्भिक कारबाहीस्वरुप उपत्यकाको हकमा आयोगले र उपत्यकाभन्दा बाहिरका जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीले स्पष्टीकरण सोध्ने हो । त्यो हामीले गरेका छौँ । यसमा अहिले दुईवटा इस्यु अलिकति महत्त्वपूर्ण देखिएका छन् ।
आचारसंहिता लागू भइसकेपछि राजनीतिक दलले तोकिएको आकारको एउटा झण्डा र एउटा आफ्नो निर्वाचन चिह्नबाहेक अरू कुनै पनि कुरा प्रयोग गर्न पाउँदैन ।
तपाइँको प्रतिक्रीया