काठमाडौँ : नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरेका छन् ।
आज बिहीबार बिहान नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै चुनावका बेला विभाजित नहुन काँग्रेस नेता–कार्यकर्तालाई अपिल गरेका हुन्।
‘नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुनदृष्टि काँग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्नेछ । केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई पनि नभएको उनले बताए ।
नयाँ वर्षसँगै देशमा चुनावी माहौल तात्ने भन्दै वर्षभरि नै विश्राम गर्ने समय नभएको कोइरालाले बताए । उनले भने, ‘हाम्रो क्रियाशीलतामा मात्र काँग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ ।
विरोधीहरु बलिया र संगठित रहेको भन्दै काँग्रेस एक हौँ भन्ने सन्देश निर्वाचन वर्षको पहिलो नारा हुनुपर्ने बताए । ‘म तपाईँहरूबाट यही अपेक्षा गर्दछु । हामी बीचका मतभेद र मतभेदहरू पार्टीको आन्तरिक जीवनको विषय हो र त्यस विरुद्ध हामी पार्टी भित्रै छलफल, बहस र छिनोफानो गर्दै अगाडि बढ्नेछौं उनले भने ।
तपाइँको प्रतिक्रीया