२०८२ असार २ सोमबार

राशिफल

भरुवा बन्दुक पड्किएर गएराति एक युवकको मृत्यु

काठमाडौं  : भरुवा बन्दुक पड्किएर गएराति बारामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए ।

उनको उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकामा उपचारकै क्रममामा मृत्यु भएको प्रवक्ताले जानकारी दिए । उक्त स्थानबाट एक थान भरुवा बन्दुक बरामद भए पनि बन्दुक कसको हो भन्ने खुल्न नसकेकोे प्रहरीको भनाइ छ ।