२०८२ जेठ २२ बुधबार

राशिफल

रशिलालाई ब्याडमिन्टनको तेश्रो उपाधि

काठमाडौं  : योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगितामा महिला सिङ्गल्सतर्फको उपाधि त्रिभुवन आर्मीकी रशिला महर्जनले जितेकी छिन् ।

आर्मीका खेलाडीद्वय रशिला महर्जन र अनुमाया राईबीच भएको प्रतिस्पर्धामा रशिलाले बाजी मारेकी हुन् ।

उनले अनुमायालाई २१–१२ र २१–१८ को सोझो सेटमा पराजित गरिन् ।

पहिलो सेटको सुरुवाती मिनेटदेखि नै खेल आफ्नो कब्जामा राखेकी रशिलाले पहिलो सेटमा २१–१२ को जित निकालिन् ।

पहिलो सेटमा केही लय बिगारेकी अनुमायाले दोस्रो सेटमा भने टक्करको प्रतिस्पर्धा दिएकी थिइन् । तर अन्तिम समयमा भने रशिला खेलमा हाबी भएकी हुन् र उनले दोश्रो सेट २१–१८ ले विजयी भइन ।

रसिलाले यसअघि चैतमा सम्पन्न चौथो योनेक्स सनराइज जेष्ट राष्ट्रिय ब्याडमिन्टन र फागुनमा सम्पन्न भक्तपुर राष्ट्रव्यापी ब्याडमिन्टन च्याम्पियनसिपको उपाधी पनि जितेकी थिइन् ।