२०८२ जेठ २३ बिहीबार

राशिफल

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न खेलका खेलाडीहरुलाई सम्मान पत्र

काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न खेलका खेलाडी तथा खेलकर्मीहरु विभूषित भएका छन् । संविधान दिवसका अवसरमा गत असोजमा सरकारले खेलाडी र खेलकर्मीलाई विभिन्न विभूषण पदकको घोषणा गरेको थियो ।

राष्ट्रपति निवास शितल निवासमा आज बिहीबार आयोजित एक कार्यक्रममा विभिन्न खेलाडी तथा खेलकर्मीहरुलाई विभूषण प्रदान गरेकी थिइन् । जसमा राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्री प्रदान गर्ने निर्णय गरेको थियो ।

यसैगरि सरकारले जनसेवा श्रीबाट नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाललाई विभूषित गर्ने जनाएको थियो । पारा खेलाडीद्धय हिमाल अर्याल र केशव थापा समेत जनसेवा श्री प्रदान गर्ने निर्णय गरेको थियो ।

कराँतेकी खेलाडी अनु अधिकारी, फुटबलकी विमला चौधरी, ट्रायथलनकी सोनी गुरुङ, तेक्वान्दोकी संगीता बस्याल, उसुकी जुनी राई कराँतेका लक्ष्मण तामाङ, ब्याडमिन्टन खेलाडी दिपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई सुकीर्ति पदकबाट विभूषित गर्ने निर्णय गरेको थियो ।