काठमाडौं : योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगितामा पुरुष सिङ्गल्सतर्फको उपाधि रिभाइभ क्लबका प्रिन्स दाहालले जितेका छन् ।
त्रिभुवन आर्मीका खेलाडी प्रिन्सले फाइनलमा नविनलाई २१–१७, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
प्रिन्सले पहिलो सेटमा २१–१७ को जित निकाले । प्रतिस्पर्धात्मक पहिलो सेटमा एक समय नविनले कडा टक्कर दिँदै स्कोर १२–१२ सम्म बनाएका थिए । तर त्यसपछि भने प्रिन्सले लगातार अंक जोडे र पहिलो सेट आफ्नो पक्षमा पारे ।
दोस्रो सेटमा पनि नविनले सुरुवाती अग्रता लिएका थिए । ३ अंकसम्म अग्रता बचाइ राखेका नविनले त्यसपछि भने अग्रता जोगाउन सकेनन् ।
तपाइँको प्रतिक्रीया