काठमाण्डौं : बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह बन्धनमा बाँधिएका छन् । बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह समारोह सम्पन्न भएको हो ।
हिन्दु रीतिरिवाज अनुसार उनीहरुको विवाह समारोहको आयोजना भएको थियो । उनीहरुलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना सामाजिक संजाल मार्फत प्राप्त भइरहेको छ ।
विवाह समारोहमा रणवीरको बुबा ऋषि कपुरको ठुलो तस्बिर समेत राखिएको थियो । भौतिक शरिरमा नरहेका ऋषिको विवाह समारोहमा तस्बिर मार्फत उपस्थिती जनाइएको हो ।
आलिया र रणवीरको विवाह ४ पण्डितले गराएका थिए । उनहरुले लिने ७ फेरोका लागि गाँठो बाध्ने काम करण जौहरले गरेका थिए ।
तपाइँको प्रतिक्रीया