लामो समयदेखि नेपाली हाँस्य व्यङ्ग्यमा सक्रीय रहेका हाँस्य कलाकार तथा निर्देशक सी पी पुडासैनी ‘धतुरे’ फेरी हाँस्य टेलिश्रृखला ‘सक्किगोनी’ मा फर्किएका छन् । उनि सक्किगोनीमा फर्किएसँगै दर्शकहरु उत्साहित देखिएका छन् ।
सक्किगोनीको आज –बिहिबार) को सृङ्खला २ को भाग ६४ मा उनको अभिनय देख्न सकिन्छ । उनले भने, “ म प्रति दर्शकले गरेको माया र मागको कारण पुनः सक्किगोनीमा फर्किएको हुँ” ।
‘धतुरे’ पात्रको नामले चिनिएका सी पी पुडासैनीले यस अघि पनि हाँस्य टेलिश्रृंखला हरु ‘के जमाना आ’ (नेपाल टेलिभिजन) , ‘क्या जमाना आ’ (एपि वान एच डि) , ‘हे सिटामोल’ (नाइस टेलिभिजन) मा लेखन/निर्देशन गरिसकेका छन ।
तपाइँको प्रतिक्रीया