काठमाडौं : भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष आजका दिन बोडेमा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ ।
यसपालि थिमि बोडेका ४९ वर्षका बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्दै हुनुहुन्छ । श्रेष्ठले यसभन्दा अघि ८ पटक जिब्रो छेडाउनु भएको थियो । बोडेमा वैशाख १ गतेको बेलुकीदेखि वैशाख २ गतेसम्म जात्रा जारी हृुन्छ ।
चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुञ्जेलसम्म निराधार बस्नुपर्ने परम्परा रहकेो छ ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने लगायतको नियम पालना गरिन्पर्ने बनाइएको छ । त्यसो गरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र विघ्नबाधा आउने जनविश्वास परम्परा देखि चलिआएको छ ।
मध्यपुर थिमि वडा नं २ मा रहेको गणेशको मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्दछ ।
परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ। तर अहिलेको आधुनिक युगमा , शिक्षाको युगमा यस्तो संस्कारले नयाँ युवा पिडीमा कस्तो प्रभाव पार्छ ?
तपाइँको प्रतिक्रीया