काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको छ ।
बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल बताइएको छ ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सातजना सहमहामन्त्रीलाई प्रदेशमा पठाउने निर्णय यसअघि नै गरिसकेको छ ।
बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन वैशाख ३ गते सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको थियो ।
उनीहरूले प्रदेशमा उमेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् । उमेदवार प्रदेशबाट टुङ्गो नलागे संभावना भयो भने उनीहरूले वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउनेछन् । वैशाख १० गते बिहानसम्म केन्द्रले टुङ्गो लगाउने भनिएको छ ।
तपाइँको प्रतिक्रीया