एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्न अमेरिकाबाट उच्चस्तरीय अधिकारी युक्रेन पठाउने विचार गरिरहेको बताए। त्यो अधिकारी बाइडेन आफैं पनि हुन सक्छन्।
अमेरिकी राष्ट्रपति बाइडेनलाई युक्रेन भ्रमणबारे प्रश्न सोधिएको थियो। यसबारे उनले भने, ‘हामीले यो निर्णय लिइरहेका छौं।ु आफू जान तयार हुनुहुन्छ कि भनेर सोध्दा उनले सहभागि हुन सक्ने बताएका छन् ।
राष्ट्रपति बाइडेनको टिप्पणी पछि, व्हाइट हाउसका एक अधिकारीले भने अमेरिकी राष्ट्रपतिलाई युक्रेन पठाउने कुनै योजना नबनाएको उल्लेख गरे ।
रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनको छिमेकी राष्ट्र पोल्याण्डको भ्रमणमा जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस पुगेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गर्ने सम्भावना छ।
तपाइँको प्रतिक्रीया