२०८२ जेठ २२ बुधबार

राशिफल

आईपीएलमा गुजरात शीर्ष स्थानमा

काठमाडौं :  इण्डियन प्रिमियर लिग .(आईपीएल) अन्तर्गत गएरातिको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । राजस्थान भने शीर्षबाट तेस्रो स्थानमा झरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १९२ रन बनाएको थियो । गुजरातको दुई विकेट १५ रन बनाउँदा नै गुमिसकेको थियो । शुभमन गिल १३ रनमा आउट भएका थिए ।

त्यसपछि कप्तान हार्दिक पाण्ड्याले स्थिति सम्हाल्दै ५२ बलमा ८७ रनको योगदान गरे । उनलाई अभिनव मनोहरले ४३ रन बनाएर र डेभिड मिलरले ३१ रन बनाएर साथ थिए ।

राजस्थानका लागि कुलदीप सेन, युजवेन्द्र चहल र रियान परागले एक–एक विकेट लिए ।

१९३ रनको लक्ष्य पछ्याएको राजस्थानको टोली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो । राजस्थानका लागि जोस बटलरले २४ बलमा ५४ रन बनाए । शिमरोन हेटमायर २९ रन जोडे ।