२०८२ असार २ सोमबार

राशिफल

डडेल्धुराको प्रसिद्ध घटाल जात्रा आज

काठमाडौं  :  डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा आज मनाइने भएको छ ।

अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए ।

कोराना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको जात्रा यस वर्ष मनाउन लागिएको उनको भनाइ छ ।

समाजमा अशान्ति बढेमा वा खडेरी परेमा घटाल बाबाले मनोकामना पूरा गर्ने गरेको जनविश्वासका साथ गत वर्ष कोरना महामारीबाट बच्न सबै भक्तजनलले घरबाटै घटाल बाबालाई सम्झे भने यस वर्ष परम्परागतअनुसार मनाइन लागेको मन्दिरका धामी विष्टले जानकारी दिए ।

घटाल देवताको जात्राका दिन सबैका अगाडि धामीले बालुवा र पानी खाई भाग दिने गरेको शक्तिशाली देवताको महिमा अनौठो प्रकारको रहेको बताइन्छ ।

अरु वर्ष हजारौँको सङ्ख्यामा विभिन्न क्षेत्रबाट घटाल जात्रा हेर्ने र पूजा गर्नेकोे घुइँचो लाग्ने गरेको भए पनि गत वर्ष सीमित व्यक्तिबाट परम्परामात्रै जोगाइएको थियो । यस वर्ष भने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट भक्तजन आउने उनले बताए ।