२०८२ असार २ सोमबार

राशिफल

पर्वतमा तोकेको मितिभित्र एक जनाले मात्रै बुझाए हतियार

काठमाडौं :  पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले झन्डै २० दिनको समयावधि तोकेर इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरे पनि एक जनाले मात्रै तोकिएको समयमा हतियार प्रहरीमा बुझाएका छन्।

आसन्न पालिका चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले गएको चैत ७ गते सूचना जारी गर्दै चैत २५ गतेसम्म बुझाउन अनुरोध गरे पनि पर्वतमा एक जनाले मात्रै हतियार बुझाएका हुन्।

द्वन्द्व व्यवस्थापन पछि गाउँगाउँमा रहेका अवैध हतियारलाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालय पर्वतले विभिन्न प्रकृतिका ७५ थान हतियारलाई कानुनी दायरामा ल्याएर दर्ता गराए पनि अहिले एक जनाले मात्रै हतियार बुझाएका हुन् ।

आउँदो वैशाख ३० गते पालिका चुनावको मिति घोषणा भएको र चुनावलाई लक्षित गर्दै इजाजत प्राप्त गरेका हातहतियार बुझाउन आग्रह गरिएको थियो ।