काठमाडौं : जिल्लाको टीकापुर नगरपालिका ४ मौरनीयामा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
टीकापुर नगरपालिका ४ मोरनीयामा भे १ च २४०९ नम्बरको एम्बुलेन्स र से २ प ३२८४ नम्बरको मोटरसाइकल आपसमा झड्पमा परेका हुन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका कैलालीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार मोटरसाइकलमा पछाडि सवार जानकी गाउँपालिका–३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको निरीक्षक सिंहले जानकारी दिएका हुन् ।
तपाइँको प्रतिक्रीया