काठमाण्डौं : कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या आरोपमा मनोज भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले बताए ।
पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् ।
महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया सीमा नाकाबाट पक्राउ गरेर काठमाडौंमा सार्वजनिक गरेको छ ।
टाउको काटेर छुट्याएको अवस्थामा स्थानिय अमरावती सामुदायिक बनमा पुस ३ मा अर्जुनको शव भेटिएको थियो ।
तपाइँको प्रतिक्रीया