२०८२ असार १ आइतबार

राशिफल

उच्चतम ब्याज र बीमाको सुविधा सहित सेञ्चुरी बैंकले ल्यायो ‘शताब्दी बचत खाता’

काठमाण्डौं: सेञ्चुरी कमर्सियल बैंकले उजरीकर्ताहरुलाई मध्यनजर गर्दै ‘शताब्दी बचत खाता’ संचालनमा ल्याएको छ ।

शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च ब्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको बैंकले जनाएको छ ।

शताब्दी बचत खाता खोल्दा ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने जनाइएको छ ।