२०८२ असार १ आइतबार

राशिफल

अमेरिकाले दिने ८० अर्बको अनुदान नेपालद्धारा स्वीकार

काठमाडौं : अमेरिकाको विकासका लागि सहयोग निकायले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ ।

सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।