२०८२ जेठ २२ बुधबार

राशिफल

अब श्रम स्वीकृति लिन अनलाइन प्रणालीको सुरुवात

काठमाण्डौं : वैदेशिक रोजगार कार्यालय ताहाचलमा आजदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू गरेको हो ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक हित भन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताए ।