काठमाडौं : नेपाली बजारमा पाकेको केराको खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
कालीमाटी तराकारी तथा फलफूल बजार विकास समितिकाअनुसार केही दिनयता प्रतिदर्जन पाकेको केरोको थोक मूल्य १६० रुपैयाँसम्म पुगेको छ ।
खुद्रा बजारमा दर्जनमै २०० रुपैयाँ नजिक पुग्न थालेको छ । केराको मूल्य सम्भवत हालसम्मकै उच्च भएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ बताउँछन् ।
थोकमै १६० रुपैयाँ पर्ने प्रतिदर्जन केराको मूल्य खुद्रामा भने अझै बढी हुने श्रेष्ठको भनाइ छ । पछिल्लो दुई सातादेखि केराको मूल्य बढी रहेको उनले बताए ।
चैत दोस्रो सातासम्म प्रतिकिलो १२० रुपैयाँ दर्जन रहेको केराको मूल्य वैशाख २ गते १५० देखि १६० रुपैयाँ थोकमा मूल्य कायम भएको छ ।
यसअघि प्रतिगोटा १० रुपैयाँ पर्ने केराको मूल्य अब कोसामा साढे तीन रुपैयाँसम्म बढेको विकास समितिले जनाएको छ ।
नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अनुसार केराको मूल्य अझै महँगो हुनेछ ।
तपाइँको प्रतिक्रीया