२०८२ असार २ सोमबार

राशिफल

डोल्पामा गठबन्धन नहुने

काठमाण्डौं : हिमाली जिल्ला डोल्पामा गठबन्धन नहुने भएको छ ।

दलहरुबीच सहमति नहुँदा एक्लाएक्लै चुनाव लड्ने तयारीमा दलहरु अघि बढेका छन् । शुक्रबार बसेको बैठकमा दलहरुले आ–आफना अडान नछोडेपछि सहमति हुन नसकेको हो ।

नेपाली काँग्रेस डोल्पाका सभापति दीपेन्द्र शाहीले सबैले ठूलो भाग खोजेपछि सहमती हुन नसकेको बताए।