२०८२ असार २ सोमबार

राशिफल

प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिए

काठमाण्डौं : प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिएका छन् ।

गठबन्धनका चार दल बीचको भागबण्डामा किचलो भइरहेको बेला सोही गठबन्धनमा राजेन्द्र लिङ्देनले नेतृत्वको गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक संघीय लिम्बुवान राष्ट्रिय मञ्च पनि सहभागी भएको हो ।

सुनसरीको इटहरीमा बसेको गठबन्धन दलको बैठकमा राप्रपाका तर्फबाट प्रदेश १ का अध्यक्ष राम थापा र लिम्बुवानका केन्द्रीय महासचिव अशोक चेम्जोङको सहभागिता थियो ।