२०८२ जेठ २२ बुधबार

राशिफल

नयाँ वर्षसँगै फेस्टिभल

आयुष्मा गिरी/काठमाण्डौं : नयाँ वर्षसँगै फेस्टिभल सुरु भएको छ।

बुद्धको जीवन र बौद्धिक धर्मावलम्बीहरूको सम्प्रदाय र धार्मिक आस्था र गतिविधिमा आधारित नाटक मञ्चन गर्ने उदेश्यले शुक्रबारबाट सांस्कृतिक प्रतिष्ठान राष्ट्रिय नाचघरमा  बुद्ध थिएटर फेस्टिभलको सुभारम्भ गरिएको हो ।

फेस्टिभलको डा. अभि सुवेदीले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरे ।

कार्यक्रममा शारदा शर्माको उपन्यासमा आधारित ताप नाटक र लघुकथामा आधारित बोधीयात्रा नाटक मञ्चन भएको सांस्कृतिक प्रतिष्ठान राष्ट्रिय नाचघरमा सुरु भएको सांस्कृतिक प्रतिष्ठानले जनाएको छ।

फेस्टिभल आगामी वैशाख ८ गतेसम्म सञ्चालन हुने छ । वैशाख २ गतेदेखि सुरु भएको बुद्ध थिएटर फेस्टिवल ७ दिनसम्म नाटक मञ्चन हुने नाट्य निर्देशक पुष्कर गुरुङले बताए ।

कार्यक्रममा अतिथिको आसनबाट बोल्दै डा. अभि सुवेदीले बुद्ध थिएटर फेस्टिभल १० वटा अन्य कार्यक्रम भन्दा शक्तिशाली हुने धारणा प्रस्तुत गरे।

साथै बुद्ध एक महान् सन्त र भगवान मात्र नभई ज्ञान र उपदेश राष्ट्रसँग जोडिएको बताए ।

नाचघरमा नाटक हेर्नेको घुईँचो लागेको छ ।