२०८२ असार २ सोमबार

राशिफल

केजीएफ–२ ले रच्यो नयाँ इतिहास, पहिलो दिनमै शतप्रतिशतभन्दा बढी

काठमाण्डौं : यसस्टारर फिल्म केजीएफ–२ ले भारतमा शानदार ओपनिङ गरेको छ।

फिल्मले पहिलो दिन नै हिन्दी बेल्टमा ५३.९५ करोडको व्यापार गर्‍यो, जुन अहिलेसम्म कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन हो ।

करिब १०० करोडको बजेटमा बनेको यस फिल्मको कूल ओपनिङ डे कलेक्सन १३४.५ करोड रहेको छ ।

योसँगै फिल्मले पहिलो दिनमै बजेटको शतप्रतिशतभन्दा बढी कमाएको छ । यश बाहेक फिल्ममा सञ्जय दत्त र रविना टण्डन पनि छन् । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

फिल्म समीक्षक मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै केजीएफ(२ ले उद्घाटन दिनमा नै ५३.९५ करोड रुपैयाँ सङ्कलन गरेको बताए।

फिल्मलाई ऐतिहासिक भएको भन्दै मनोबालाले केजीएफ–२ भारतको पहिलो फिल्म हो जसले बलिउड फिल्मलाई पनि पछाडि छोडेको बताए । यसअघि ऋतिक रोशनको वारले ५१ करोड र राजामौलीको फिल्म आरआरआरले २० करोड कमाएको थियो ।

केजीएफ–२ विश्वभर १० हजारभन्दा बढी स्क्रिनहरूमा रिलिज भएको छ।