२०८२ जेठ २५ शनिवार

राशिफल

अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन रुसको चेतावनी

काठमाडौं :  रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ ।

दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा रहेको दूतावासले उपलब्ध गराएको हो ।

युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि रुसले नोट पठाएको हो । त्यसको केही घन्टापछि अमेरिकी राष्ट्रपति बाइडेनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन गर्नुभएको थियो ।

अमेरिकाले उपलब्ध गराउने भनेको सैन्य सहयोगको पहिलो किस्ता केही दिनपछि युक्रेन पुग्नेछ । रुसले अहिले युक्रेनको पूर्वी भेगमा आफ्नो कारबाहीलाई केन्द्रित गरेको छ र केही दिन डोनबास क्षेत्रमा लडाइँ चर्कने ठानिएको छ ।