२०८२ जेठ २१ मङ्गलबार

राशिफल

गाउँपालिका उपाध्यक्ष तामाङको ‘हामी एमाले ,हाम्रो एमाले’ बजारमा (भिडियो सहित)

काठमाडौँ : सिन्धुपाल्चोककी जुगल गाउँपालिका उपाध्यक्ष सृजना तामाङले आफ्नो शब्द रचनामा नयाँ गीत सार्वजनिक गरेकी छन्।

गायक योगेश लामा र सावित्री अधिकारीको सुमधुर स्वरमा सजिएको ‘हामी एमाले ,हाम्रो एमाले’ बोलको गीत हालै युट्युबमा सार्वजनिक गरिएको हो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तामाङले आफ्नो शब्दमा गीत ल्याएकी हुन् ।

देश संघियतामा गईसकेपछि २०७४ को स्थानीय निर्बाचनमा निर्वाचित भएर पाँच बर्ष जनताको सेवामा अहोरात्र खटेर सफल कार्यकाल पुरा गरेको बिषयमा आधारित संदेश गीतले दिन खोजेको छ।

गीतमा उपाध्यक्ष तामाङको शब्द रचना, कृष्ण आँशुको शब्द सम्पादन र गायक लामाकै संगीत संयोजन रहेको छ । गीत सृजना तामाङको आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।