२०८२ असार १ आइतबार

राशिफल

राजदूतमा सिफारिस भएकाहरु विरुद्ध उजुरी आव्हान, कहिलेसम्म दिन मिल्छ ?

काठमाडौं : संघीय संसदको संसदीय सुनुवाइ समितिले सरकारले राजदूतमा सिफारिस गरेका २० जनाको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद बैठकले चीनसहित विभिन्न २० देशमा राजदूत सिफारिस गरेको थियो ।

सुनुवाइ समितिले शनिबार एक सूचना प्रकाशित गरी राजदूतमा सिफारिस व्यक्ति सो पदमा उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सवुत प्रमाणसहित १२ वैशाखभित्र समितिमा उजुरी दिन भनेको छ ।

सूचना दिनेले नाम गोप्य राख्न पनि पाउने समितिले जनाएको छ ।

यो सूचना जिल्ला प्रशासन कर्यालय लगायत सम्भव भएसम्म अरु सरकारी कार्यालय र सार्वजनिक स्थलमा टाँस्ने व्यवस्था गर्न पनि समितिले प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ ।

२४ चैतको मन्त्रिपरिषद बैठकले चीनका लागि विष्णुपुकार श्रेष्ठ, श्रीलंकामा वासुदेव मिश्र, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ, स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर, मलेसियामा ठिल्लीराज पौडेल, इजरायलमा कान्ता रिजाल र साउदी अरेबियामा नवराज सुवेदीलाई राजदूत सिफारिस गरेको थियो ।