काठमाण्डौं : आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ ।
कम्पनीकाअनुसार यो योजना १ वैशाख देखि ३१ वैशाखसम्म कायम रहनेछ । आइएमई ग्रुपको काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रममा आयोजना गरी नयाँ वर्ष योजना सार्वजनिक गरिएको हो ।
एक महिनासम्म चल्ने यो योजनामा विदेशबाट आइमईमार्फत पठाइएको रकम नेपालभरका एजेन्टरसव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा विजेता बनिन्छ ।
यस्तै, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहनेगरी यो योजना अवधिभर जम्मा ६० जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति २ हजार ७९ रुपैयाँ र बम्परमा १ भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९०० रुपैयाँ जित्नेछन् ।
तपाइँको प्रतिक्रीया