२०८२ असार १ आइतबार

राशिफल

जसपासहित मधेश केन्द्रित ४ दलको छुट्टै गठबन्धन

धनगढी : ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा मधेशकेन्द्रित दलहरुले छुट्टै गठबन्धन बनाउने सहमति गरेका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउदै मधेशवादी दलहरुसँग तालमेल गर्ने सहमति गरेको हो ।

जनता समाजवादी पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग गठबन्धन गरेर चुनावी तालमेल गर्ने भएको छ ।

शनिबार धनगढीमा संयुक्त पत्रकार सम्मेलन गर्दैै चार वटै पार्टीले चुनावी तालमेल गर्ने सहमति भएको जनाएका छन् ।