वीरगञ्ज : ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने निर्णय गरेका छन् ।
शनिबार कांग्रेस र जसपाका नेताहरुबीच भएको छलफलले जिल्लाका १४ वटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राम नरेश यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गरी आपसमा प्रतिस्पर्धाको निर्णय भएको जानकारी दिएका छन् ।
तपाइँको प्रतिक्रीया