काठमाण्डौ : तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ ।
गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ । नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेको छ ।
काठमाण्डौको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । आज पनि बिहानैदेखि घाम चर्किएकाले अधिकतम तापक्रम बढ्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया