२०८२ असार १ आइतबार

राशिफल

ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमती नजुटेपछि प्रदेशलाई जिम्मा

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली काँग्रेसलाई दिने सहमति पाँच दलीय गठबन्धनमा जुटेको छ ।

काँग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र महाँकालको प्रमुखमा काँग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी छ । ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली काँग्रेसलाई नै दिने सहमति बनेको   छ ।

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमती नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ ।