काठमाडौं : निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा आचारसंहिताको पूर्ण पालना गर्न अपिल गरेको छ ।
निर्वाचनलाई प्रभाव पार्ने हेतुले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट चलाउन नपाइने, होच्याउने, अपमान गर्ने, भ्रामक टिकाटिप्पणी गर्न गराउन नपाइने, कुनै प्रयोजनका लागि प्रकाशसन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उदेश्यले तोडमोड गरी सामाजिक सञ्लमा शेयर वा कमेन्ट गर्न नपाउने पनि आचारसंहितामा उल्लेख छ ।
सामाजिक सञ्जालको प्रयोगको अनुगमन गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ ।
तपाइँको प्रतिक्रीया