२०८२ असार १ आइतबार

राशिफल

आसन्न स्थानीय तहको निर्वाचनमा कसरी तालमेल गर्ने बारे दलहरुको बैठक बस्दै

काठमाडौं : आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा के कसरी तालमेल गर्ने भन्ने बारेमा छलफल गर्न सरकारमा सहभागी दलहरूको बैठक आज बस्ने तयारी भएको छ । यद्यपी समय भने टुङ्गो नलागेको नेताहरूले बताएका छन् ।

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले आज छलफल गरेर निर्णयमा पुग्ने तयारी भए पनि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण समय अझैँ निश्चित नभएको जानकारी दिए ।

सत्ता बठबन्धन दलबीच चुनावमा तालमेल गरेर जाने भन्नेमा यसअघि निर्णय भए पनि कुन स्वरुपको तालमेल गर्ने भन्नेमा अहिलेसम्म पनि सहमति जुटेको छैन ।