२०८२ असार १ आइतबार

राशिफल

सुख्खा मौसमको सुरुवात भए सँगै आगलागीको घटना बढ्दो

काठमाडौं  :  सुख्खा मौसमको सुरुवात भए सँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार आगलागीमा परेर एक जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

सप्तरीको बोदेबरसाइन नगरपालिका १० मा रहेको अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक ५ वर्षका बालकको जलेर मृत्यु भएको छ ।

यस्तै रौतहट र पर्सामा आगलागीमा परेर ५ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।ती आगलागीका घटनामा झन्डै २ करोड रुपैयाँको क्षति भएको जनाइएको छ ।