काठमाडौं : मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ६४ बर्षीय देवी प्रसाद तामाङ र ३२ बर्षीय मणि कुमार तामाङलाई कुटपिट गरी व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत चैत्र ३० गते राती पौने १० बजेको समयमा स्थानीय देवी प्रसाद तामाङ र ४१ बर्षीय गणेश भनिने मान बहादुर तामाङ विच सामान्य वादविवाद भई झै झगडा भएको र बाबुलाई कुटपिट गरेको भनी देवी प्रसादका छोरा ३२ बर्षीय मणी कुमार तामाङले मान बहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनी घाईते भएका थिए ।
घाईते मान बहादुरलाई उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बैशाख ३ गते हिजो विहान मृत्यु भएको थियो । घटनाको लगत्तै फरार रहेका दुवै बाबु छोरालाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले बैशाख ३ गते नै पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया